अब मोबाइलबाटै तिर्नुहोस ट्राफिक जरिवाना
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरिएको जानकारी दिए । भटराईले यसअघि नै अनलाईन सेवा प्रदायक संस्थाहरूबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको र त्यसैलाई निरन्तरता दिँदै अझ बढि सहज, सरल र सुविधायुक्त बनाउन आजदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको जानकारी दिए । यसले आम सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनुपर्ने बाध्यताको अन्त्य हुने र ट्राफिक कार्यालयमा हुने भीडभाडमा समेत कमी आउने उनले बताए ।
महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु बीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैंकको खातामार्फत भुक्तान हुने गरि सिस्टम सञ्चालन गरेको जनाएको छ ।
आजदेखि थप ४५ वटा बैंक तथा वित्तिय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरूबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ । आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरूसँग समेत जोडिँदै जाने महाशाखाको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण