नेपाल टेलिकमको पुनरसंरचना गरिन्छ: मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको पुनरसंरचना गर्नुपर्ने बताएका छन् । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुनरसंरचना गर्नुपर्ने बताए । त्यसका लागि आफू तयार रहेको पनि बताए ।
मन्त्री गुरुङले नयाँ आर्थिक वर्षमा नयाँ ढङ्गले नेपाल टेलिकमको रुपान्तरण गर्ने प्रस्ताव ल्याउन कर्मचारीहरुलाई निर्देशन पनि दिए । टेलिकमको सञ्चालक समितिले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने निर्णय गरिसकेकाले त्यसबाट आफ्नो अधिकार खोसिन लाग्यो भनेर नआत्तिन पनि कर्मचारीहरुलाई आग्रह गरे । कुनै कर्मचारीले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने कार्यलाई रोक्ने प्रयास गरे सरकारले कर्मचारीलाई सहयोग नगर्ने पनि स्पष्ट पारे ।
टेलिकम भित्र पार्टीगत रुपमा सङ्गठन निर्माण नगर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । पार्टीगत रुपमा राजनीति गर्ने भन्दा समग्रमा टेलिकमको हितमा सोच्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण