बरामद गरिएका १७ मोटरसाइकल र ९ स्कुटर सम्बन्धित धनीलाई बुझाइयो
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजतलास गरी सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ । महाशाखाले विभिन्न ठाउँबाट खोजतलास गरी बरामद गरिएको १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर बिहीबार (आज) सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बरामद गरिएका मोटरसाइकलहरु सम्बन्धित धनीलाई बुझाएका हुन् । ती मोटरसाइकलहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु तथा धादिङ, चितवन, मकवानपुर र बारा जिल्लाबाट चोरी भएका थिए ।
एसएसपी भट्टराईले महाशाखाले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिइरहेको बताए । चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाई बेचविखन गर्ने गरेको पाइएको समेत एसएसपी भट्टराईले बताए ।
महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुनेलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको पनि बताए । यस्तै सवारीसाधन हराउन नदिन निगरानी बढाउने र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको एसएसपी भट्टराईले बताए ।
ट्राफिक प्रहरीले यस आर्थिक वर्षमा मात्रै हराएका ३ सय ५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाएको छ । यस्तै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण