गाँजा ओसार-पसारमा बालकको प्रयोग
बिहीबार, ०२ वैशाख २०७८, १६ : ०२
काठमाडौं । गाँजा कारोबारीले बालकको प्रयोग गरेर गाँजा ओसार–पसार गर्ने गरेको थाहा भएको छ । पर्साको वीरगञ्जस्थित शंकराचार्य गेटबाट प्रहरीले १४ वर्षीय बालकलाई गाँजा सहित पक्राउ गरेको छ । बिहिबार विहान कम्मरमा गाँजा बाँधेर वीरगञ्जबाट भारततर्फ जाँदै गरेको अवस्थामा बालकलाई पक्राउ गरिएको पर्साका एसपी बेलबहादुर पाण्डेले रातोपाटीलाई बताए ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले उनको साथबाट २ केजी गाँजा बरामद गरेको छ । बालकले अरुको गाँजा भारत पु¥याउन लागेको बयान दिएका छन् । उनलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारवाही गरिने एसपी पाण्डेले बताए ।
बाराको जितपुर सिमरा उप महानगरपालिका–३ घर भएका बालक टेम्पोबाट ओर्लेर नेपाल–भारत सिमानाको मितेरी पुल हँुदै रक्सौलतर्फ गाँजा बोकेर जाँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण