बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गाँजा ओसार-पसारमा बालकको प्रयोग

बिहीबार, ०२ वैशाख २०७८, १६ : ०२
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । गाँजा कारोबारीले बालकको प्रयोग गरेर गाँजा ओसार–पसार गर्ने गरेको थाहा भएको छ । पर्साको वीरगञ्जस्थित शंकराचार्य गेटबाट प्रहरीले १४ वर्षीय बालकलाई गाँजा सहित पक्राउ गरेको छ । बिहिबार विहान कम्मरमा गाँजा बाँधेर वीरगञ्जबाट भारततर्फ जाँदै गरेको अवस्थामा बालकलाई पक्राउ गरिएको पर्साका एसपी बेलबहादुर पाण्डेले रातोपाटीलाई बताए ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले उनको साथबाट २ केजी गाँजा बरामद गरेको छ । बालकले अरुको गाँजा भारत पु¥याउन लागेको बयान दिएका छन् । उनलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारवाही गरिने एसपी पाण्डेले बताए ।

बाराको जितपुर सिमरा उप महानगरपालिका–३ घर भएका बालक टेम्पोबाट ओर्लेर नेपाल–भारत सिमानाको मितेरी पुल हँुदै रक्सौलतर्फ गाँजा बोकेर जाँदै थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप