बाह्य लगानी भित्र्याउन छुट्टै लगानी सम्मेलन गर्नुपर्छ : रेग्मी
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि बाह्य लगानी भित्र्याउन छुट्टै लगानी सम्मेलन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा पर्यटन बोर्डको योजना सम्बन्धमा भएको छलफलमा प्रमुख कार्यकारी अधिकृत रेग्मीले मध्य पहाडी भू–भागलाई हिल स्टेसनको रुपमा विकास गर्नका लागि ‘पर्यटन लगानी सम्मेलन’ गर्नुपर्ने बताएका हुन् ।
यस्तो लगानी सम्मेलन मार्फत पर्यटन क्षेत्रमा वैदेशिक लगानी ल्याउन सकिने उनले बताए । यस्तै औद्योगिक व्यवसाय ऐन र नेपाल राष्ट्र बैंकको सर्कुलरमा पर्यटन क्षेत्रसँग सम्बन्धित स–साना पूर्वाधार निर्माणका लागि हुने खर्चलाई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत राख्ने व्यवस्था गर्नुपर्ने बताए । यस्तो हुन सकेमा पर्यटन बोर्डले कर्पोरेट संस्थाहरूसँग मिलेर धेरै काम गर्न सक्ने बताए ।
यस्तै पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने पनि बताए । विदेशी फिल्महरूबाट नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार सहज हुने भएकाले त्यस्ता फिल्म सुटिङ गर्न दिनका लागि एकद्वार नीति अवलम्बन गर्नुपर्ने, ड्रोन र क्यामेराको आयातमा सहज गराउनुपर्ने, ट्याक्स डिपोजिटमा सहज बनाइदिनु पर्ने र सुरक्षाको प्रबन्ध मिलाउने गरी नीति निर्माण हुन सके धेरै फिल्महरु नेपालमा बन्ने र त्यसबापत नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने बताए ।
पर्यटकलाई सहज हुने गरी देशका विभिन्न स्थानमा सार्वजनिक ट्वाइलेटको व्यवस्था गरिनुपर्नेमा पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीले जोड दिए । देशका विभिन्न स्थानमा २५ सयभन्दा बढी पेट्रोल पम्प रहेको र उनीहरुमार्फत समाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक ट्वाइलेट निर्माण र व्यवस्थापन गराउने नीति लिँदा राम्रो हुने बताए । यस्तै पर्यटकका लागि सूचना दिनेगरी देशभरका बसपार्कमा नमस्ते सेन्टर स्थापना गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण