कविताः साथी
-अर्जुन घर्ती ‘क्षितिज’
ए साथी, तिमी कस्तो !
ए साथी, तिमी कस्तो !
कहिले पूर्णिमाको जुनझैँ चम्किदिन्छौ
कहिले औँशीको रातझैँ अँधेरिन्छौ,
कहिले वसन्तको कोपिलाझैँ फुलिदिन्छौ
कहिले शिशिरको पातझैँ झरिदिन्छौ,
चिन्नै गाह्रो भो, साथी तिमी कस्तो !
ए साथी, तिमी कस्तो !
कहिले समुद्रझैँ शान्त हुन्छौ
कहिले असारे भेलझैँ गडगडाउँछौ,
कहिले मन्द हावाझैँ सुसाउँछौ
कहिले हुरी बतासझैँ हुर्हुराउँछौ,
बुझ्नै सारो भो, साथी तिमी कस्तो !
ए साथी, तिमी कस्तो !
कहिले खडेरीमा वर्षाझैँ झरिदिन्छौ
कहिले वर्षातमा झरीझैँ थपिदिन्छौ,
कहिले बिहानीको किरणझैँ उदाउँछौ
कहिले सन्ध्याको घामझैँ अस्ताउँछौ,
चिन्नै गाह्रो भो, साथी तिमी कस्तो !
ए साथी, तिमी कस्तो !
कहिले एकान्तमा साथ बनी आइदिन्छौ
कहिले अत्यासमा कहाली बनी डराइदिन्छौ,
कहिले यात्रामा पदचाप बनी पछ्याइदिन्छौ
कहिले दुई पाइलामै धोखा बनि छाडिदिन्छौ
बुझ्नै सारो भो, साथी तिमी कस्तो !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण