खोटाङको ऐसेलुखर्कमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
खोटाङ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. ३ मा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ऐसेलुखर्क गाउँपालिकासँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै पूर्व सांसद सरस्वती गजुमाया, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति सुवास पोख्रेल लगायतले गाउँ–गाउँका विरामीलाई लक्षित गरी शिविर आयोजना गरिएको भन्दै शिविरबाट भरपुर स्वास्थ्य सेवा लिन बिरामीहरुलाई आग्रह गरेका थिए ।
शिविरमा १ हजार ३ सय ६५ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार १६२ जनाको इसीजी, १९२ जनाको ल्याब टेष्ट र २०४ जनाको भिडियो एक्सरे गरिएको छ ।
समाजसेवी डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण