अप्ठ्यारोमा नेपाल : न यता न उता
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका धेरैजसो नेता कार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेपाल कठिन परिस्थितिमा पुगेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेतालाई जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्रै संघर्ष गर्नुपर्ने लाइन बलियो भएको छ । जिम्मेवारी पनि खोसिएको र अब हुने निर्वाचनमा आफूहरुले टिकट पाउने सम्भावना पनि नदेखेपछि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षका केही नेताले अर्को पार्टी निर्माण गर्ने पहल थालेपछि त्यसो नगर्न दबाब बढेको हो ।
‘धेरै साथी एमाले विभाजन गर्नुहुँदैन भनेर लाग्नुभएको छ । माधव नेपाल आफै पनि यो विषयमा मौन देखिनुभएको छ । पार्टी विभाजन गरेर माओवादीसँग एकीकरण गर्ने भन्ने कुरा स्वीकार गर्ने अवस्था छैन,’ नेपाल पक्षका एक नेताले भने । उनका अनुसार नेता नेपालको इमान्दारीसामु धेरै नेता नतमस्तक भए पनि पार्टी विभाजन गर्ने विषयमा सहमत छैनन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण