बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

मेलम्चीको पानी ३२० स्थानबाट चुहावट

मङ्गलबार, ०७ वैशाख २०७८, ०६ : ४०
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौँ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट  वितरण  गर्दा ३२० स्थानबाट चुहावट भएको छ । 

पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । ​ यसअघि   पानीको   बहाव   कम   हुँदा जमिनमुनि  पानी  रहन्थ्यो  भने  बहाव  बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड  (केयुकेएल)ले  जनाएको  छ ।

जहाँ चुहावट  भएको  छ,  त्यहाँ  मर्मत  गरिएको केयुकेएलले जनाएको छ । केयुकेएलका प्रमुुख कार्यकारी  अधिकृत  मिलन  शाक्यले  ३२० स्थानमध्ये  दुई  सय  स्थानमा  मर्मत  भइसकेको जानकारी दिए । 

उनले भने, “पुरानो पाइपबाट चुहावट भइरहेको  छ । मर्मत  गरिरहेका  छौँ । सडक  विभागसँग  स्वीकृति  लिएका  छौँ  । अब थप स्थानमा  मर्मत  गर्नेछौँ ।”  मेलम्चीको  पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ ।   

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप