लागु औषधसहित दुईजना पक्राउ
मङ्गलबार, ०७ वैशाख २०७८, १७ : ४२
काठमाडौं । काठमाडौंको नागढुंगा र मोरङको विराटनगर महानगरपालिकाबाट प्रहरीले लागु औषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट पक्राउ पर्नेमा रौतहट बनबोहरी घर भएका २० वर्षीय गुड्ड आलम छन् । विराटनगर–१६ बाट प्रहरीले ३१ वर्षीय मन्तस खड्कालाई पक्राउ गरेको छ ।
रौतहटको गौरबाट आएको ना.७ ख ११११ नम्बरको बसमा काठमाडौं आएका गुड्डुको साथबाट प्रहरीले १ हजार ४ सय ८० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । मन्तसको साथबाट ५ एम्पुल फेनारगन, ८ एम्पुल लुपिजेसिक, ८ एम्पुल डाईजाल्याप र ८ एम्पुल एभिल बरामद गरिएको केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको छ । मन्तस सुनसरीको धरान–१९ का हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण