बागलुङ नगरपालिकाको ३ वटा वडामा १० दिन निषेधाज्ञा
मङ्गलबार, ०७ वैशाख २०७८, २२ : ३९
काठमाडौं । बागलुङ जिल्लाको बागलुङ नगरपालिका स्थित वडा नम्बर १२, १३ र १४ मा दश दिन निषेधाज्ञा जारी गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि वैशाख १७ सम्म दश दिन निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जारी गरेको सूचना अनुसार साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविस क्षेत्रमा निषेधाज्ञा गरिएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका बस्तु तथा सेवा बन्द हुन्छ । प्रशासनको अनुमति विना सार्वजनिक ठाउँमा भेला जम्मा निषेध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण