हिमालबाट ३५ टन फोहोर सङ्कलनको लक्ष्य
विश्वकै सर्वोच्च शिखर सगरमाथासहित नेपालका छवटा हिमाल सफा गर्न गएको टोली आधार शिविर व्यवस्थापनमा जुटेको छ । चैत ३१ गते प्रधानसेनापति पूर्णचन्द्र थापाले हिमाल सफाइमा जाने टोलीलाई राष्ट्रिय झण्डा र ब्यानर हस्तान्तरण गरेपछि चारवटा टिममा विभाजित भएर टोली गन्तव्यतर्फ लागेको थियो । टोलीका सदस्यहरू बेस क्याम्प नजिकै पुगेर व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार सर्वोच्च शिखर सगरमाथा, पुमोरी हिमाल, ल्होत्से हिमालको फोहोर सफा गर्ने टोलीका सदस्य वैशाख ६ गते सोमबार पासाङल्ह्यामु गाउँपालिकाको डिङ्बोचे भन्ने स्थानमा पुगेको हो ।
आआफ्ना बेस क्याम्पका लागि आवश्यक सरसामग्रीको व्यवस्थापन र टेन्ट क्याम्प स्थापना गर्न टोलीका सदस्यहरू जुटेका छन् । सफाइ टोलीमा नेपाली सेनाका ४३ जना र स्थानीय शेर्पा समुदायका ६९ जना समावेश छन् । नेपाली सेनाले दिएको जानकारीअनुसार विभिन्न छवटा हिमालबाट यस वर्ष ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य छ । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा मात्र तीन सयभन्दा बढी आरोहीको शव रहेको अनुमान गरिएको छ । साथै त्यस क्षेत्रमा सोसहित १४ हजार टन फोहोर रहेको नेपाली सेनाले जनाएको छ ।
आजको गाेरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण