होटलमा गरिएका बुकिङ धमाधम रद्द
कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोनाको कहरपछि आन्तरिक पर्यटकबाट आत्मनिर्भर बन्न लागेको सौराहाका पर्यटकीय होटल दोस्रो लहरको सङ्क्रमणबाट प्रभावित हुन थालेको जानकारी दिए । “कोरोनाले थला परेको पर्यटन व्यवसायमा आन्तरिक पर्यटकले राहत दिएको थियो अहिले यसको दोस्रो लहरको सङ्क्रमणसँगै होटलमा गरिएको बुकिङ रद्द हुन थाले”, उनले भने ।
व्यवसायीहरूका अनुसार ११० होटलमा छ हजार पाँच सय बेड रहेको सौराहामा दुई महिनायता ४० प्रतिशतभन्दा बढी अकुपेन्सी थियो । यो अकुपेन्सी सौराहाको सामान्य अवस्थाको अकुपेन्सी हो । “सोमबार सरकारले सूचना जारी गरेसँगै होटलको अकुपेन्सी ह्वात्तै दस प्रतिशतभन्दा तल झर्यो”, अध्यक्ष भट्टराईले भने, “भएका कार्यक्रम पनि धमाधम रद्द भइरहेका छन् ।”
व्यवसायीहरूका अनुसार सौराहाको पर्यटनमा ३३ अर्ब रुपियाँ बराबरको लगानी छ । पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । कोरोनाले होटल व्यवसायमा पार्ने प्रभावसँगै यसको लगानीको जोखिम र यसमा आश्रितको रोजगारीको समस्यासमेत हुने देखिन्छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण