महँगो भयो कोभिसिल्ड : नेपालले अझै पाएन
सिरम इन्सिटिट्यूटले बुधबार कोरोनाविरुद्धको कोभिसिल्ड खोपको नयाँ दर तय गरेको छ । अबदेखि सिरमले निजी अस्पताललाई ६ सय भारतीय रुपैयाँमा दिनेछ । यसअघि २ सय ५० भारतीय रुपैयाँमा सिरमले खोप उपलब्ध गराउँदै आएको थियो ।
राज्यका लागि खोपले ४ सय भारतीय रुपैयाँ तिर्नुपर्नेछ भने केन्द्रलाई १ सय ५० रुपैयाँ नै उपलब्ध गराइनेछ । सिरम आगामी दुई महिनामा खोपको उत्पादन बढाउने बताएको छ । हाल उत्पादन भएका ५० प्रतिशत खोप केन्द्र र बाँकी ५० प्रतिशत राज्य र निजी अस्पताललाई दिँदै आएको छ ।
कोभिसिल्ड खोप हाफ डोज दिँदा यसको प्रभावकारिता ९० प्रतिशत रहने बताइएको छ । एक महिनापछि फूल डोजमा प्रभावकारिता ६२ प्रतिशत रहेको बताइएको छ । बेलायती नियामक निकायले यसलाई ८० प्रतिशतसम्म प्रभावकारी मानिएको छ ।
भारतले १ मेदेखि १८ वर्षका माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । यता, नेपालले भने कोभिसिल्ड खोपको १० लाख डोजका लागि अग्रिम भुक्तानी गरे पनि हालसम्म उक्त खोप प्राप्त गर्न सकेको छैन । यसले ज्येष्ठ नागरिकहरूलाई लक्षित खोप अभियान प्रभावित हुनसक्ने चिन्ता विज्ञहरूले व्यक्त गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण