ओली निकट पुगेका रिजाल भन्छन्, ‘माओवादीको यो निर्णय कि अनिर्णय ?’
काठमाडौं । एमालेको माधव नेपाल समूहबाट ओली कित्तामा पुगेका केन्द्रीय सदस्य विष्णु रिजालले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको विषयलाई ‘निर्णय कि अनिर्णय’ भनेर प्रश्न गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा’अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेछ । मैले नबुझेको– वस्तुतः यो निर्णय हो कि अनिर्णय ? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट बैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र ?’ माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णय सार्वजनिक भएलगत्तै रिजालले आफ्नो फेसबुकमा लेखेका छन् । दलहरु बैकल्पिक सरकार गठनको गृहकार्यमा जुटेका बेला रिजालले सरकारको विरोध गर्ने दलले नै समर्थन फिर्ता गर्न नसकेको अवस्थामा वर्तमान संसदबाट बैकल्पिक सरकार बन्न नसक्ने संकेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
