कन्टेनरको भाडा ४ गुणासम्म बढाइयाे
तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । बन्दाबन्दी खुलेयता सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा बढाएको आयातकर्ताले बताएका छन् ।
गत असोजयता ७ महीनाभित्रै सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा वृद्धि गरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले बताए । अध्यक्ष लाठका अनुसार गत असोजअघि चीन र यूरोपेली देशबाट प्रतिकन्टेनर ढुवानी खर्च १ हजार ५ सय अमेरिकी डलरसम्म पर्ने गरेकोमा अहिले ६ हजार डलर पुर्याएका छन् ।
सिपिङ कम्पनीले यसअघि ४० फिटको कण्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहसम्म १ हजार ५ सय डलरमा ढुवानी गर्दै आएका थिए । ‘बन्दाबन्दीपछि उत्पादन र व्यापार ह्वात्तै बढेको मौका छोपेर सिपिङ कम्पनीले कन्टेनरको भाडा बढाए । यसबाट आयातित तयारी वस्तु र स्वदेशी उत्पादनको लागत बढेको छ,’ अध्यक्ष लाठको भनाइ छ ।
आयातित वस्तुमा ढुवानी खर्च बढेपछि उपभोक्ता मूल्य प्रभावित भएको व्यवसायीहरूको दाबी छ । अहिले खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण