पाकिस्तानको एउटा होटलमा बम विस्फोट, कम्तीमा चार जनाको मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थित एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका गृह मन्त्री शेख रशीद अहमदले बताएका छन् । संवाददाताहरुका अनुसार होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो । पाकिस्तानस्थित चिनियाँ राजदूत लक्षित गरी सो आक्रमण गरिएको आशङ्का गरिएको छ ।
चिनियाँ राजदूत अफगानिस्तानको सिमाना नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सेरेना होटलमा बसेका थिए । तर विस्फोटका बेला उनी घटनास्थल क्षेत्रमा नरहनुभएको बताइएको छ । पाकिस्तानको क्वेटा शहरमा अवस्थित होटल सेरेना उच्च अधिकारीको रोजाइमा रहेको होटलको रुपमा रहेको बताइएको छ ।
पाकिस्तानी तालिबान लडाकू समूह यस आक्रमणको जिम्मेवारी लिएका छन् । उक्त समूह र अन्य लडाकू सङ्गठनहरुले पछिल्ला महिनाहरुमा अफगानिस्तानसँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् ।
बलुचिस्तानमा लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकूहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् । त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा
-
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू