किटाणु नाशक फिल्टर भएको एलजीका नयाँ एसी बजारमा, ७०%सम्म बिजुली बचत हुने
काठमाडौं । एल.जी. को आधिकारीक विक्रेता सी.जी. इम्पेक्सले एन्टी भाइरस फिल्टर भएको एल.जी.को ए.सी. नेपाली बजारमा ल्याएको छ ।
यस एन्टी भाइरस फिल्टरले भित्री वातावरणको किटाणुहरूलाई नष्ट गर्ने र ताजा वातावरण बनाउने कम्पनीले बताएको छ । एन्टी भाइरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याबबाट किटाणु नष्ट पार्ने प्रमाण पत्र प्राप्त गरेको कम्पनीको दावी छ ।
साथै यस ए.सी.मा फोर इन वान मोड रहेको छ । जसले ए.सी.लाई ४०%, ६०%, ८०% र १००% अर्थात मान्छे धेरै हुँदा पूर्ण सम्भावनामा चलाउने र कम हुँदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले विद्युत कम खपत गरि पैसा पनि बचत गर्ने कम्पनीले जनाएको छ ।
यसमा डुअल इन्भर्टर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्च गति र कम गतिमा स्थिर भएर काम गर्छ जसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै ७०% सम्म विजुली बचत गर्ने कम्पनीले जनाएको छ ।
अहिले नयाँ वर्षको अफरमा एल.जी.को ए.सी. किन्दा ४ हजार बराबरको निःशुल्क जडान व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोजर आतंकको तीन महिना : बरु थपिए सुकुमबासीका पीडा, व्यवस्थापन लथालिङ्ग
-
महिनावारीको पीडा : कति रगत बग्नु स्वाभाविक हो, कहिले अस्पताल जाने?
-
पीआर लिएका दुई नापी अधिकृतलाई स्पष्टीकरण साेधियाे
-
दक्षिण एसियाली समन्वय समिति : १३ सदस्यीय समिति गठन
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण