सरकार कोरोनाबाट जनता होइन सत्ता जोगाउन लाग्यो : प्रकाशमान सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासीन भएको आरोप लगाएका छन् । बिहीबार काठमाडौं भएको एक कार्यक्रममा नेता सिंहले कोरोना संक्रमणले देशमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
सरकार कोरोना नियन्त्रणमा लाग्नुपर्ने बेला अनावश्यक रुपमा शिलान्यास कार्यक्रम गरि जनतामा भ्रम सिर्जना गरेको उनको आरोप थियो । उनले कोरोनाका कारणले नेपालीले दुःख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह समेत गरे ।
सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नभन्दा पनि आफ्नो सत्ता जोगाउन लागि परेको नेता सिंहको भनाइ छ । देशमा भएका अस्पतालहरूको क्षमता बढाउदै लग्नुपर्ने भन्दै उनले भने ‘ दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रीसकेको छ । रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस् ।’
तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्न समेत सरकारलाई आग्रह गरे ।
अब पनि कोरना नियन्त्रण र रोकथामका विषयमा प्रभावकारी कदम चाल्न नसके भयावह स्थिति आउन सक्ने भन्दै गम्भीरतालाई बुझेर अघि बढ्न सबन्धित समेत सबैमा उनको अपिल छ । कार्यक्रममा इसान प्रसाई स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद रु एक लाख एघार हजार रुपैया सहयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण