सरकार कोरोनाबाट जनता होइन सत्ता जोगाउन लाग्यो : प्रकाशमान सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासीन भएको आरोप लगाएका छन् । बिहीबार काठमाडौं भएको एक कार्यक्रममा नेता सिंहले कोरोना संक्रमणले देशमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
सरकार कोरोना नियन्त्रणमा लाग्नुपर्ने बेला अनावश्यक रुपमा शिलान्यास कार्यक्रम गरि जनतामा भ्रम सिर्जना गरेको उनको आरोप थियो । उनले कोरोनाका कारणले नेपालीले दुःख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह समेत गरे ।
सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नभन्दा पनि आफ्नो सत्ता जोगाउन लागि परेको नेता सिंहको भनाइ छ । देशमा भएका अस्पतालहरूको क्षमता बढाउदै लग्नुपर्ने भन्दै उनले भने ‘ दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रीसकेको छ । रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस् ।’
तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्न समेत सरकारलाई आग्रह गरे ।
अब पनि कोरना नियन्त्रण र रोकथामका विषयमा प्रभावकारी कदम चाल्न नसके भयावह स्थिति आउन सक्ने भन्दै गम्भीरतालाई बुझेर अघि बढ्न सबन्धित समेत सबैमा उनको अपिल छ । कार्यक्रममा इसान प्रसाई स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद रु एक लाख एघार हजार रुपैया सहयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो नेपाल टेलिकमको नाफा, ९ महिनामा कमायो ५ अर्ब ५९ करोड
-
सुनकोशी–मरिन डाभईभर्सन : सुरुङ ब्रेकथ्रुपछि के–के काम अझै छन् बाँकी ?
-
यसरी प्ले–अफ चरणमा पुग्न सक्छ बैंगलुरु
-
बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने
-
जापानमा ‘सिटामोल’ प्रदर्शन हुने
-
कोशी प्रदेश सरकारलाई एकीकृत समाजवादीले विश्वासको मत दिने