नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३०६ जनाको मृत्यु
शुक्रबार, १० वैशाख २०७८, ०० : ०७
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ । सोही समयावधिमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार सोही अवधिमा नयाँ दिल्लीमा १९ हजार ६०९ जना संक्रमित निको भएका छन् ।
भारतीय सरकारी तथ्यांकअनुसार दिल्लीमा यसबेला ९१ हजार ६ सय १८ जना कोरोनाका बिरामी रहेका छन् भने अहिले सम्म १३ हजार १९३ जनाको संक्रमणकै कारण मृत्यु भैसकेको छ । भारतमा पछिल्लो समय २४ घण्टामा ३.१४ लाख नयाँ संक्रमति थपिएका छन् भने एकैदिन २१ सय ४ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण