शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो

आइतबार, १२ वैशाख २०७८, १९ : ००
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । नेपालमा कोरोनाभाइरस कोभिड—१९ संक्रमितको संख्या तीन लाख नाघेको छ । गएको २४ घण्टामा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमित संख्या तीन लाख १ सय १९ पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गएको २४ घण्टामा ९ हजार २९२ जनाको पिसिआर र ७८६ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमित भएका हुन् । जसमध्ये काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार हाल ६९ जना क्वारेन्टाइनमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप