चार वर्षदेखि फरार अपहरणकारी पक्राउ
पर्सा । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेपछि विगत चार वर्षदेखि फरार रहँदै आएका व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेका वीरगञ्ज महानगरपालिका–२९ निवासी ४० वर्षीय वुधनराम चमारलाई मुद्दा फैसला भएको चार वर्षपछि घरै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
भारत विहारको पूर्वी चम्पारण रक्सौल निवासी रितेश कुमारलाई २०७१ साल भदौ ६ गते अपहरण गरी फिरौती माग गरेको अभियोग मुद्दाको पर्सा जिल्ला अदालतले २०७३ साल असार ६ गते फैसला गर्दै चमारलाई नौ वर्ष कैद र ५० हजार जरिवाना तोकेपछि उनी फरार रहँदै आएका पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । पक्राउ परेका चमारलाई जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि वीरगञ्ज कारागारमा पठाउने तयारी रहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण