सबै मिली कोरोना भगाऔँ
मङ्गलबार, १४ वैशाख २०७८, १४ : १२
पोहोर पनि स्कुल गइनँ कोरोनाले गर्दा
यसपालि नि के हुने हो महामारी पर्दा
स्कुल जाने रहर मेरो भयो सपना
स्कुल जान पाऊँ भन्दै गरेँ प्रार्थना
अहिले फेरि कोरोनाको दोस्रो लहर आयो
एकाएक सबैतिर महामारी छायो
कस्तो रोग आएको हो बुभ्mनै सकिएन
खोप पनि बन्यो भन्छन् रोक्दै रोकिएन
हामीजस्ता बच्चालाई खोप कैले आउला
डर भगाई कैलेबाट स्कुल जान पाउँला
कोरोनाले सतायो धेरै हामीलाई
तैपनि नडराई लड्नु पर्छ है
स्वस्थ खानेकुरा खाऊँ, मास्क पनि लगाऊँ
सबै मिली संसारबाट कोरोनालाई भगाऊँ
सबैतिर सफा राखौँ, फोहोर गर्न हुन्न
डाक्टरको सल्लाहलाई नछाडौँ है सुन्न ।
सोनुश्री पौडेल, कक्षा १, सेन्ट जेभियर्स स्कुल, जावलाखेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण