आकाशसँग मिलेर फिल्म बनाउँदै उमा
काठमाडौंँ । निर्माता तथा अभिनेत्री उमा बेबी गिरी नयाँ फिल्मको तयारीमा जुटेकी छन् । निर्देशक आकाश अधिकारीसँगको सहकार्यमा उनले नयाँ फिल्म बनाउन लागेकी हुन् । केही दिन अगाडि दुबैले सहकार्यमा ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । जसका दुबैको अभिनय देख्न सकिन्थ्यो ।
आकाससँग मिलेर बनाउन लागेको फिल्मको अहिले लेखन कार्य भैरहेको उमाले बताइन् । फिल्मको लोकेसन हेर्न कार्यसमेत भैरहेको उनको भनाई रहेको छ । फिल्म नेपाल र सिक्किममा खिचिने योजना बनेको छ ।
द स्काइ मुभिज र उमा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मलाई आकाश स्वयंले निर्देशन गर्नेछन् । कोरोना कहरको ‘स्थिति सामान्य भएपछि फिल्म छायाँकनका लागि फ्लोरमा निस्कने तयारी हाम्रो छ’ उमाले भनिन् । फिल्ममा उमाको पनि अभिनय रहनेछ । अन्य कलाकार छनौटको क्रममा छन् ।
उमाले यसअघि ‘कहिँ कतै’, ‘इशारा’ लगायतका फिल्म निर्माण गरेकी थिइन् । निर्देशक अधिकारी पनि लकडाउनपछि अभिनेताद्वय सौगात मल्ल र शिव श्रेष्ठलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा जुटेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएकोले उक्त तयारी अहिले रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण