कर्णालीमा एकैदिन ३ सय बढी कोरोना संक्रमित थपिए
सुर्खेत । कर्णालीमा एकैदिन ३ सयभन्दा धेरै जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना देखिएको हो । प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पीसिआर परीक्षणमा १ सय ३४ र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ६८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै २ सय १५ जना सुर्खेतका मात्र रहेका छन् ।
यस्तै दैलेखमा ३२ जना, जुम्लाका ८, जाजरकोटका ७, सल्यानका २९, रुकुम पश्चिमका ९, कालिकोटका १०, डोल्पाका १ र अन्य प्रदेशका ३ जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कुल संक्रमित हुनेको संख्या ८ हजार ८ सय ९५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ३८ पुगेको छ । योसँगै कर्णालीमा सक्रिय संक्रमितको संख्या ९ सय ८१ पुगेको छ । तीमध्ये सुर्खेतमा ६ सय १६ जना रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । बुधबार निको भई ५ जना डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र २३० जना कोरोनाका बिरामी आइसोलेसनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण