गण्डकीमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लाका ६१८ जनाको नमूना परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशका ९ जिल्लामा २७४ संक्रमित देखिएका मध्ये सबैभन्दा धेरै कास्कीको पोखरामा १६३ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनकाअनुसार कास्कीका ३१३ जनाको परीक्षण गर्दा पोखरा महानगरका १६३ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी तनहुँका १७ जनाको परीक्षण गर्दा ७ जना पोजेटिभ देखिएको छ । गोरखाका ९१ जनाको परीक्षण गर्दा ४३ जना, लमजुङका ४ जनाको परीक्षण गर्दा १ जना, नवलपुरका ४८ जनाको परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै स्याङजाका ३१ जनाको परीक्षण गर्दा ९ जना पोजेटिभ, पर्वतका ३२ जनाको परीक्षणमा २ जना, बाग्लुङमा ५८ जनाको परीक्षण गर्दा २३ जना पोजेटिभ र म्याग्दी जिल्लाका १६ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय ४५ पुगेको छ । त्यसमध्ये सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ७२ जना कोरोनामुक्त भएका छन् । योसँगै, गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ८ सय ८२ पुगेको छ ।
गण्डकीमा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका –६ की ८२ वर्षीया महिला, स्याङ्जा अर्जुनचौपारी गाउँपालिका –५ का ६२ वर्षीय पुरुष र मुस्ताङ जिल्ला घरपोङ गाउँपालिका –४ का ७२ वर्षीया महिलाको मृत्यु भएको निर्देशक डा. शर्माले जानकारी दिए । प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण