आइपिएल : कोलकाता र बेंग्लोरबीच आज हुने भनिएको म्याच रद्द, कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण
सोमबार, २० वैशाख २०७८, १३ : २७
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज हुने भनिएको म्याच रद्द गरिएको छ । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने भनिएको म्याच कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण पाइएपछि रद्द गरिएको हो ।
कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियर्स संक्रमित भएका हुन् । कोलकाताका दुई खेलाडी संक्रमित भएसँगै बेंग्लोरले म्याच खेल्न नचाहेपछि सोमबारको म्याच रद्द गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।
स्थगित गरिएको म्याचलाई पछि खेलाइने आयोजकको भनाइ छ । आइपिएल सुरु हुनुअघि पनि केही खेलाडी संक्रमित भएका थिए । कोलकाताका नीतीश राणा, बेंग्लोरका देवत्त पाडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया लगायतका खेलाडी संक्रमित भएका थिए ।
कोरोना संक्रमण बढेको अवस्था केही खेलाडीहरु आइपिएलबाट हटिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण