बंगलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु
ढाका । बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तिब्र गतिमा दौडिने डुङ्गा) ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।
स्थानीय समयअनुसार बिहान ७ बजे भएको यस दुर्घटनामा अरु पनि व्यक्ति बेपत्ता भएको हुन सक्ने प्रहरी अधिकृत आशिकुर रहमानले जानकारी दिए । उनले भने, २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तिब्र बनाइएको छ ।
बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुङ्गा दुर्घटनामा ज्यान जाने गरेको छ । एक महिना अघि गत अप्रिल ४ मा कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।
गत वर्षको जुन महिनामा पनि यात्रुबाहक डुङ्गा अर्को फेरीसँग ठोक्किएर दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यस शताब्दीको सबैभन्दा भयानक डुङ्गा दुर्घटना मानिएको घटनामा सन् २०१४ मा १०० जनाको डुबेर ज्यान गएको थियो ।
बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुङ्गा मार्फत् यात्रा निकै लोकप्रिय यातायातको साधन हो । तर पर्याप्त अनुगमनको अभावमा बर्सेनि धेरै व्यक्तिको डुङ्गाहरू दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण