पतिको हत्या आरोपमा पत्नीसहित ४ जना पक्राउ
जनकपुर । धनुषाको हंसपुर नगरपालिकामा पतिको हत्या गरेको आरोपमा मृतककी पत्नीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हंसपुर नगरपालिका– ६ स्थित टिल्हीका २५ वर्षीय शम्भु मण्डलको गत शुक्रबार राति घाँटीमा छुरा हानेर हत्या गरिएको थियो । हत्यापछि फरार भएकी उनकी २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल, मृतकका भाइ अनिल मण्डल र उनीहरुका २ जना सहयोगीलाई उदयपुरबाट पक्राउ गरिएको धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
सिरहाको अर्नामा गाउँपालिकाबाट २ जनाले देवर र भाउजूलाई घरबाट भगाउन सहयोग गरेको कारण पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाटले बताए । सिरहा अर्नामा गाउँपालिका–३ बस्ने तेजनारायण महरा र सोही ठाउँका विनोद कुमार महतोले हत्यापछि उनीहरुलाई भगाउन सहयोग गरेको धनुषा प्रहरीको भनाइ छ । गत शुक्रबार मध्यरातमा देवर भाउजु मिलेर शम्भु मण्डललाई घाँटीसहित शरीरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण