पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
बुधबार, २२ वैशाख २०७८, १३ : ३७
पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङ्जा र पर्वतमा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङजा र पर्वतका दुईजना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । उनमा बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पर्वत जिल्लाको जलजला गाउँपालिका–७ का ८४ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण