सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी
सिन्धुपाल्चोक । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीन नगरपालिकासहित ६ गाउँपालिकामा निषेधाज्ञा गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका, भोटेकोशी गाउँपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका, लिसङ्खुपाखर गाउँपालिकाका केही क्षेत्रमा वैशाख २३ देखि वैशाख ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका बन्देउदेखि चौतारा सदरमुकाम जोड्ने सडकको चौतारा हुँदै स्याउले दायाँ बायाँ ५ सय मिटर, मेलम्ची र हेलम्बुको जिरो किलो हुँदै बाहुनेपाटी सिपाघाट, मेलम्ची सेरा हेलम्बुको किउल सडक खण्डको दायाँ बायाँ ६ सय मिटर निषेधाज्ञा गरिएको छ । चौतारा नगरपालिका वडा नम्बर ४, ५ र ९ वडाको सम्पूर्ण क्षेत्र, मेलम्ची ११ का सम्पूर्ण क्षेत्रहरु र बलेफीदेखि नौबिसे जलविरे ढाडे कात्तिके सडक खण्डको दायाँ बायाँ २ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै, चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र भोटेकोशी गाउँपालिकाको अरनिको राजमार्ग सिन्धुपाल्चोक खण्डको बन्देउदेखि खाडीचौर बाह्रबिसे हुँदै तातोपानी सम्मको दायाँ बायाँ ५ सय मिटर, सुनकोशी र लिसंखुपाखरको गाउँपालिकाको खाडिचौरदेखि ठूलोपाखर हुँदै मुडे सडक खण्डको सिन्धुपाल्चोक जिल्ला भित्र दायाँ बायाँ ५ सय मिटर खण्डमा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी भएका क्षेत्रमा अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण