मोरङमा निषेधाज्ञा जारी
विराटनगर । मोरङमा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार राती १२ बजेदेखि जेष्ठ १ गतेसम्मका लागि जिल्लाभर कायम रहने गरी निषेधाज्ञा जारी गरेको हो । कोभिड १९ को संक्रमण दिनहुँ बढिरहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
बिहीबार बसेको जिल्ला कोराना संक्रमण व्यवस्थापन समितिको बैठकले हाल जारी गरिएको विराटनगर महानगरपालिका,बुढीगंगा र कटहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई बढाएर जिल्लाभर लागु गर्ने निर्णय गरेको प्रजिअ निरौलाले बताए । स्थानीय प्रशासनले कोभिड १९ संक्रमण व्यवस्थापनका लागि भन्दै विराटनगर महानगरपालिका र आसपासका क्षेत्रमा एक साताको लागि निषेधाज्ञा जारी गरेको थियो ।
बैठकले कोभिड १९ को दोश्रो लहरलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न जिल्लाका १७ वटै स्थानीय पालिकाले १५ बेड वा सो भन्दा बढी संख्याका एक–एकवटा अस्पताल र आइसोलेसन सेन्टर तयार गरी आवश्यक स्वास्थ्यकर्मीका साथै अक्सिजनको व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै कोभिड १९ उपचार केन्द्रको पुरानो भवनमा रहेको बेड तत्काल मर्मत सम्हार गर्ने गरी सांसद विकास कोषबाट प्राप्त ३५ लाख रुपैयाँ विराटनगर महानगरपालिकालाई निकासा गर्ने निर्णय समेत बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण