गण्डकी प्रदेशमा थप ४३३ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये स्याङजा र मनाङबाहेक अन्य ९ जिल्लामा ४३३ जनामा कोरोना संक्रमण देखिएको हो । बिहिबार प्रदेशमा सबैभन्दा धेरै कास्कीमा २२१ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनकाअनुसार कास्कीमा देखिएका २२१ मध्ये २१४ जना पोखरा महानगरका संक्रमित हुन् ।
त्यसैगरी बाग्लुङमा ५८ जना र नवलपरासी पूर्वमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तनहुँमा २९, लमजुङमा २७, गोरखामा ३, पर्वतमा ८, म्याग्दीमा ३२ र मुस्ताङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या २० हजार ८६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९४७ जनाको परिक्षण गरिएकोमा ५१४ जनाको रिपोर्ट नेगेटिभ र ४३३ जनाको पोजेटिभ आएको हो । त्यसैगरी आज १४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म २ हजार ८०४ जना होम आइसोलेशनमा रहेका छन् ।
अहिले सम्म प्रदेशमा १ लाख ४९ हजार ५५७ जनाको कोराना परिक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म १७ हजार ३०२ जना कोरोना संक्रमण मुक्त भएका छन् । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१७ रहेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएका छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण