हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण बिहिबार थप एक जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड वाडमा उपचाररत एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
रौतहट चन्द्रनिगाहपुर घर भएका वर्ष ३८ का पुरुषको उपचारका क्रममा कोभिड वाडको एचडियूमा मुत्यु भएको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा.सागर काफ्लेले जानकारी दिए । डा.काफ्लेका अनुसार, मृतक पुरुषको बिहिबार साँझ ६ः२० बजेको समयमा मृत्यु भएको हो । गत बैशाख १९ गते ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि हेटौंडा आएका उनलाई २० गते कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएलगत्तै कोभिड वाडमा राखेर उनको उपचार सुरु गरिएको र सोही क्रममा उनलाई निमोनिया पनि देखिएको थियो ।
बिहीबार साँझ स्वासप्रश्वासमा समस्या आएपछि उनलाई उच्च मात्रामा अक्सिजनको सहायता दिइएको उनको उपचारमा खटिएकी डा.सुजता पन्तले बताइन् । मृतक पुरुषमा अन्य कुनै पनि रोगको संक्रमण नभएको डा.पन्तले बताइन् ।
योसँगै हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।
यसअघि हेटौंडाका ५५ बर्षीय पुरुष र बारा अमलेखगन्जका ४६ वर्षीय पुरुष र महोत्तरी जलेश्वरकी ५० बर्षीया महिला र हेटौंडा–६ की ४१ वर्षीय महिला र बारा अमलेखगन्जका ५९ वर्षीय पुरुष र मकवानपुरगढी गाउँपालिकाका ६८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण