पर्वतमा जीप दुर्घटना, १५ जना घाइते
पोखरा । पर्वतमा जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मलामी बोकेर ठुलीपोखरीबाट मोदी तर्फ जाँदै गरेको जीप कुश्मा नगरपालिका १० पिपलटारीमा गहतेमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । मृगौलाको उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि दाहसंस्कारका लागि मलामी बोकेर मोदीतर्फ हिँडेको ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।
उनले दुर्घटनाका घाइतेहरुको पर्वत अस्पतालमा उपचार भइरहेको बताए । डिएसपी अधिकारीले अधिकांश घाइतेहरू सामान्य अवस्थामा रहेको र तीनजना मध्यम खालको रहेको बताए । ‘दुर्घटनामा परेका धेरै जसो सामान्य घाइते हुनुभएको छ, दुई तीनजना मध्यम खालको हुनुहुन्छ’ उनले भने । ‘सामान्य घाइते भएकाहरु उपचार पछि डिस्चार्ज भइसक्नुभएको छ ।’ जीप दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण