रसियन स्पुतनिक खोप ल्याउन लोमश फर्मालाई अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला गरेको छ । विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो । स्पुतनिक भी खोपलाई आयातका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रातोपाटीलाई जानकारी दिए ।
रसियन सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको स्पुतनिक भी खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ । यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । स्पुतनिक भी खोप भण्डारणका लागि २ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने हुन्छ ।
नेपालमा यो खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने विभागले जनाएको छ । विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड हुकम डिस्टिब्युटर्स र भारतकै बायोएन्टेकले उत्पादन गरेको को-भ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमपछि उच्च अदालत पाटनमा महिमानसिंह विष्टको पनि निवेदन, आज सुनुवाइ
-
व्यक्तिगत तहमा उत्रेर जुधिरहेका छन् ट्रम्प–मस्क
-
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो
-
गण्डकीमा माओवादीले छाड्यो लेखा समिति
-
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री