पीपीईमा गुम्सिएका स्वास्थ्यकर्मी
पुष्प मुनंकर्मी
पीपीईभित्र निथु्रकै भिजेको छु
पानी पनि पिउन मिलेको छैन
थुकबाटै घाँटी भिजाएको छु
यता बिरामीलाई अक्सिजन
उता भेन्टिलेटर मिलाउँदैमा समय घर्किन्छ
अक्सिजन पुगेन
नयाँ अक्सिजन आएको छैन
लौन के गर्ने ?
नर्सहरु कराउँदै भौतारिँदैछन्
काम गर्दागर्दै थाकेर ढलेका सहकर्मी
सङ्क्रमितलाई उपचार गर्दागर्दै
सङ्क्रमित भएर मरेका सहकर्मीलाई
अश्रुदाना मात्र चढाएर
उपचारमा खटेका चिकित्साकर्मीहरु
बिरामीलाई बेड छैन भन्नु परेर
खिन्न भएका डाक्टरहरु
डेड बडी मिलाउँदा हैरान भएका सुरक्षाकर्र्मीहरु
अनि सेनिटाइजर छर्दै हिँडेका हेल्परहरु
जति अनुरोध गरे पनि सप्लायर्सले औषधि नल्याएपछि
खिन्न भएका औषधि पसलेहरु
सबैले नियाली रहेका छन्
त्यो सिंहदरबारलाई
घोक्रेठ्याक लगाउँदै सिहरदबारमा बलजफ्ती पस्न खोज्नेहरुलाई
सिंहासनमा बस्न मरिहत्ते गरिरहेका गिद्धहरुलाई
यता चितामा सुत्न पनि कुर्नुपरेका लासहरु
अब त अति भो भन्दै
नारा लगाउन तमतयार देखिन्छन्
सिंहदरबारविरुद्ध
सिंहदरबार प्रवेशको मात्र राजनीति मात्र गर्नेहरुविरुद्ध
मानिस कुकुरजस्तै मरिरहेका अवस्थामा पनि
सिंहदरबारे नीतिमा हिँड्नेहरुविरुद्ध
यतिबेला गुञ्जन थाले मसान घाटमा
इन्कलाब जिन्दावाद !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण