मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट काभ्रेमा ३ जनाको मृत्यु

आइतबार, २६ वैशाख २०७८, १२ : २०
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काभ्रेमा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । संक्रमणबाट मृत्यु हुनेमा बनेपा नगरपालिका–६ बस्ने ४२ वर्षीय महिला छिन् ।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा ७६ वर्षीय महिला र पनौती नगरपालिका–११ मा होम आइसोलेशनमा बसेका २७ वर्षीय युवकको मृत्यु भएको छ । काभ्रेमा हिजो धुलिखेल नगरपालिका बस्ने ५६ वर्षीय पुरुषसहित ३ जनाले ज्यान गुमाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप