एनएसजेएफलाई राखेपको सहयोग
सोमबार, २७ वैशाख २०७८, ११ : १३
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) लाई सहयोग स्वरुप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना भाइरस (कोभिड– १९) को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपंक्तिमाा रहेर काम गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी राखेपले स्वास्थ्य सामग्री एनएसजेएफलाई सहयोग स्वरुप प्रदान गरेको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई १ सय थान सेनिटाइजर र २ सय थान सर्जिकल मास्क हस्तान्तरण गरे । सो अवसरमा राखेपका सदस्य–सचिव सिलवालका स्वकीय सचिव मनोज खड्गी पनि उपस्थित थिए । २०७६ सालको चैतमा गरिएको लकडाउनको अवधिमा पनि राखेपले एनएसजेएफलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण