काठमाडौं उपत्यकामा जेठ १० सम्म निषेधाज्ञा थप्ने तयारी
औपचारिक निर्णय भोलि
सोमबार, २७ वैशाख २०७८, २३ : ४६

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले रातोपाटीसँग भने, ‘भोलि बैठक बसेर त्यसबारे औपचारिक निर्णय गर्छौ ।’
कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ ।
संक्रामक रोग नियन्त्रण ऐन–२०२० अनुसार पनि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको निर्णय गर्न सक्छन् । उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरिएको थियो । पहिले एक साताका लागी जारी गरिएको निषेधाज्ञाको समय यसअघि नै वैशाख २९ सम्म थपिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै