गण्डकीमा थप ६५३ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीमा १ हजार १३३ जनामा गरिएको नमुना परीक्षणमा ६५३ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार गण्डकी प्रदेश अन्तर्गतको कास्कीमा २९८, तनहुँमा २२, गोरखामा २२, लमजुङमा ३७ जना र नवलपुरमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, स्याङजामा १५, पर्वतमा ५०, बागलुङमा ५८, म्याग्दीमा ६३, मुस्ताङ र मनाङमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २३ हजार ८८२ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १८ हजार ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीमा थप १३ जनाको मृत्यु भएको छ । योसँगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण