गण्डकीमा थप ६५३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीमा १ हजार १३३ जनामा गरिएको नमुना परीक्षणमा ६५३ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार गण्डकी प्रदेश अन्तर्गतको कास्कीमा २९८, तनहुँमा २२, गोरखामा २२, लमजुङमा ३७ जना र नवलपुरमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, स्याङजामा १५, पर्वतमा ५०, बागलुङमा ५८, म्याग्दीमा ६३, मुस्ताङ र मनाङमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २३ हजार ८८२ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १८ हजार ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीमा थप १३ जनाको मृत्यु भएको छ । योसँगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोशी खोलाको बाढीमा फस्यो जेसीबी र टिपर, ५ जनाको उद्धार
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने