भारतमा पछिल्लो २४ घण्टामा ४,२०५ को मृत्यु
कोरोना संक्रमणको दोस्रो लहरका बीच भारतमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको हुने बिरामीको संख्या धेरै छ । । मंगलबार ३ लाख ४८ हजार ३८९ संक्रमितको पहिचान भएको छ र ३ लाख ५५ हजार २५६ संक्रमित निको भएका छन् । यसअघि सोमबार ३ लाख २९ हजार ४९१ संक्रमित भेटिएका थिए र ३ लाख ५५ हजार ९३० बिरामी निको भएका थिए ।
मृत्युको आँकडा पनि चिन्ता बढाउने किसिमको छ । पछिल्लो २४ घण्टामा ४,२०५ संक्रमितको ज्यान गएको बीबीसी हिन्दीले जानकारी दिएको छ । लगतार तेस्रो पटक मृतकको संख्या ४ हजार पार भएको छ । यसअघि ७ मे मा ४,२३३ र ८ मेमा ४,०९२ मानिसहरुले यो महामारीमा ज्यान गुमाएका थिए । पछिल्लो दुई दिनमा पनि सक्रिय संक्रमित पनि करिब ४२ हजार घटेको छ । ९ मे मा सबैभन्दा धेरै ३७.४१ लाख बिरामीको उपचार चलिरहेको थियो । अब यो आँकडा घटेर ३६.९९ लाख भएको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ३.४८ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,१९८
पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.५५ लाख
हालसम्म कूल संक्रमित भइसकेकाः २.३३ करोड
हालसम्म निको भएकाः १.९३ करोड
हालसम्म कूल मृत्युः २.५४ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३६.९९ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण