९ महिनामा ७ खर्ब २९ अर्ब रेमिट्यान्स भित्रियो
बुधबार, २९ वैशाख २०७८, १६ : २४
चालू आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७ खर्ब २९ अर्ब माथि पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार ९ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै बैंकले विदेशी मुद्रा आप्रवाह रेमिट्यान्स १६ दशमलभ ५ प्रतिशतले वृद्धि हुँदै ७ खर्ब २९ अर्ब २ करोड पुगेको जनाएको हो ।
जबकी गत वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ४ दशमलव २ प्रतिशतले घट्न पुगेको थियो ।
राष्ट्र बैंकका अनुसार ९ महिनामा अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ६ अर्ब ज्ञढ करोड पुगेको छ ।
सो अबसरमा बैंकले समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६६ दशमलभ ७ प्रतिशतले घटेको जनाएको छ भने, अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलभ २ प्रतिशले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण