मध्यपूर्वमा रहेका नेपालीहरुले आईतबार ६ सयवटा अक्सिजन सिलिन्डर नेपाल पठाउँदै
नेपालमा कोरोनाको बढ्दो महामारीमा अक्सिजनको अभावले धेरै नेपालीहरुले ज्यान गुमाइरहेको बेलामा मध्यपूर्वी मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले अक्सिजन सिलिन्डर खरीद गरी नेपाल पठाउने तयारी गरेका छन् । गैर आवासीय नेपाली संघ(एनआरएन) एनसीसी ओमन लगायत अन्य मध्यपूर्वका एनसीसीहरुको सहयोग र नेपाली राजदूतावास ओमानको पहलमा ६ सय थान अक्सिजन सिलिन्डर नेपाल पठाउन लागेको हो।
प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिन्डर खरिद प्रक्रिया सकिएको र आउँदो आइतबारसम्म नेपाल पुर्याउने लक्ष्य रहेको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन) का अध्यक्ष विकल झाले रातोपाटीलाई बताए । उनले भने,६ सय थान अक्सिजन सिलिन्डर खरिद भइसकेको छ, जतिसक्दो छिटो नेपाल पठाउँछौं । गरी हामी अहिले लजिस्टिकको पार्टमा काम गर्दैछौं । अक्सिजन सिलिन्डर नेपाल पठाउनका लागि मस्कटस्थित दूतावाससँग समन्वय गरिरहेको पनि उनले बताए । ढिलोमा आइतबारसम्म सिलिन्डर नेपाल जान्छ।
खाडी मुलुकमा रहेका नेपालीहरुको स्वतस्फूर्त सहयोगमा करिब ७५ लाख लागत पर्ने नेपाली रुपैयाँ बराबरको अक्सिजन सिलिन्डर नेपाल पठाउन लागिएको हो। यता गैरआवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाल सिलिन्डर पठाउन आर्थिक स्रोतको कमी हुन नदिने बताए पनि सिलिन्डरको रकम सकेसम्म खाडीमा रहेका गैर आवासीय नेपालीहरुको सहयोगमा नै तिर्ने गरी काम अघि बढाएको एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण