अक्सिजनलगायत स्वास्थ्य सामाग्री आयातमा डलर सटहीको सीमा हट्यो
अक्सिजनलगायत स्वास्थ्य सम्बन्धी सामाग्रीको आयातको सीमा असार मसान्तसम्मका लागि हटाइएको छ । स्वास्थ्य सम्बन्धी सामाग्रीको आयातका लागि डलर सटही सुविधाको सीमा नलाग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमाको व्यवस्था हटाइएको हो । अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, ट्याङकी, जेनेरेटर,, प्लान्टस लगायत अक्सिजन सम्बन्धि सामाग्री आयातको लागि असार मसान्त सम्म सीमा अनिवार्य नहुने व्यवस्था गरेको राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै जनाएको हो ।
अहिले प्रतितपत्र बिना ड्राफ्ट र टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण