महोत्तरीमा जेठ १० गतेसम्म निषेधाज्ञा
बिहीबार, ३० वैशाख २०७८, २३ : ५१
महोत्तरी । महोत्तरीमा निषेधाज्ञाको समयावधि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले महोत्तरीले बिहीबार सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा संक्रमणको गति बढिरहेकाले शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको जानकारी दिएका छन् ।
यसअघि महोत्तरीमा वैशाख २२ गते बुधबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो । प्रजिअ भट्टराईका अनुसार कोरोना संक्रमणको दर अत्यधिक बढ्दै गएको र केहि व्यक्तिको मृत्यु समेत भएकाले संक्रमणको चेन ब्रेक गरी न्यूनिकरण तथा रोकथामका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण