महोत्तरीमा जेठ १० गतेसम्म निषेधाज्ञा
बिहीबार, ३० वैशाख २०७८, २३ : ५१

महोत्तरी । महोत्तरीमा निषेधाज्ञाको समयावधि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले महोत्तरीले बिहीबार सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा संक्रमणको गति बढिरहेकाले शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको जानकारी दिएका छन् ।
यसअघि महोत्तरीमा वैशाख २२ गते बुधबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो । प्रजिअ भट्टराईका अनुसार कोरोना संक्रमणको दर अत्यधिक बढ्दै गएको र केहि व्यक्तिको मृत्यु समेत भएकाले संक्रमणको चेन ब्रेक गरी न्यूनिकरण तथा रोकथामका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
-
आठौँ 'म्याङ्गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ (तस्बिरहरू)
-
सङ्घीय अनुदानमा निर्भरता घटाउन कर्णालीले आन्तरिक आयमा ध्यान दिनुपर्छ
-
विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए
-
प्रदेश सधैँ अनुदानमा आश्रित हुनु हुँदैन
-
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान