एक सातामा ९३४३ जनाले निषेधाज्ञा तोडे, ४२९९ सवारी साधनमाथि कारवाही
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले एकै सातामा ९ हजार ३४३ मानिसलाई कारवाही गरेको छ । बैशाख २४ देखि ३० गतेसम्म एक साताको अवधिमा उपत्यकामा ४ हजार २९९ वटा सवारी साधनहरु पनि कारवाहीमा परेका छन् ।
सीसीएमसीको सचिवालयका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते एक दिनमा १ हजार १६ जनामाथि कारवाही भएको थियो । २५ गते यो संख्या बढेर १६ सय नाघ्यो भने २६ र २७ गते १८ सय नाघ्यो ।
बैशाख २८ गतेदेखि भने उपत्यकामा निषेधाज्ञा तोड्ने मानिसहरुको संख्या घटेको तथ्यांकले देखाएको छ ।
सीसीएमसी सचिवालयका अनुसार निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते ८१० वटा सवारी साधन कारवाहीमा परेका थिए । त्यसयता दिनको ५ सय बढी सवारी साधनहरु कारवाहीमा पर्दै आएका छन् । बैशाख ३० गते दिउँसो १ बजेसम्म ४५१ सवारी साधनहरु कारवाहीमा परेका छन् ।
निषेधाज्ञा तोडेर बाटोमा निस्केका सवारी साधन र मानिसहरुलाई प्रहरीले केहीबेर सडक किनाराको ‘होल्डिङ’मा राखेर सम्झाई बुझाई घर पठाउने गरेको छ ।
हेर्नुहोस् उपत्यकामा निषेधाज्ञा गर्नेहरुको एक साताको तथ्यांक–
निषेधाज्ञा तोडेर कारवाहीमा परेका मानिस र सवारी साधन
(२०७८ वैशाख २४ देखि ३० गतेसम्म)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण