कोभिड खोप लगाउन संसद भवनमा तनाव
काठमाडौं । दोश्रो चरणको खोप लगाउने विषयमा संघीय संसद भवन नयाँ बानेश्वरमा तनाव भएको छ । संघीय संसद सचिवालयको पहलमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने सिलसिलामा तनाव उत्पन्न भएको हो । संघीय संसदका सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारका लागि राखिएको खोप कार्यक्रममा अन्य सरकारी निकायका कर्मचारी तथा उनीहरूका आफन्तहरू समेत खोप लगाउन आएपछि विवाद उत्पन्न भएको हो ।
लगाउन ल्याइएको खोप संख्याभन्दा उल्लेख्य रूपमा भीड बढेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउन रोकेको छ । संसद सचिवालयले आजका लागि ८ सय डोज खोप मागेको भएपनि ३ सय डोज खोप मात्र ल्याइएको जनाइएको छ । सो ल्याएको खोप समेत जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका कर्मचारीले लगाउन मानिरहेका छैनन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख प्रशासक बद्रीबाबू खड्काको निर्देशनमा खोप लगाउन रोकिएको स्रोतको भनाई छ । खड्काले सांसदका लागि पठाइएको खोप अरूलाई नलगाउन निर्देशन दिएपछि स्वास्थ्यकर्मीले खोप लगाउन रोकेका छन् । बिहानैदेखि लाइन बसेका सांसद तथा पूर्वमन्त्रीले समेत खोप लगाउन पाएका छैनन् ।
साथै लाइन बसेका अन्य व्यक्तिहरू खोप लगाउन नपाएपछि आक्रोशित बनेका छन् । संसद सचिवालयले २ दिन अघिदेखि सांसद कर्मचारी तथा मर्यादापालक तथा संसदीय रिपोर्टिङ गर्ने पत्रकारका लागि दोश्रो डोजको खोप लगाउने कार्यक्रम राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण