निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कुनको मूल्य कति ?
काठमाडौं । कोरोना महामारीकै बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु २ वृद्धि गरेको हो ।
यससँगै काठमाडौं उपत्यकाभित्र पेट्रोलको मूल्य अब १२३ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर पर्नेछ । यस्तै हवाइ इन्धनको ७८ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ । निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग हुने हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखेको छ ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य वृद्धि गरिएको निगमको भनाइ छ । मूल्य बढाउँदा पनि इन्धनमा घाटा नै रहेको पनि निगमले जनाएको छ । बढेको मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण