कविता : कोरोना सन्देश
सोमबार, ०३ जेठ २०७८, ११ : ११
१
फेरि सुरु भयो कोरोनाको दोस्रो लहर
जताततै यसकै चर्चा संसारलाई कहर |
फेरि पनि ज्यान लियो सयौं हजारौंको
सावधानी अपनाऔं है अटेर नगरौ भो |
सबै मिलि पहिलेजस्तै डटी लड्नुपर्छ
त्यसको निम्ति सबैजना सचेत हुनुपर्छ |
मिलेसम्म साबुन पानीले नियमित हात धोऔँ
सामाजिक दुरी कायम गरी अनुशासित बनौँ |
हामी सबले गरौँ मास्कको अनिवार्य प्रयोग
यसो गर्नाले कोरोना युद्धमा पुग्छ सहयोग |
बिनाकाम घरबाहिर ननिस्किऊँ घरीघरी
घरभित्रै बसौं अब परिवारसँग रमाइलो गरी|
हामीलाई श्वास फेर्न धेरै गाह्रो भए
डाक्टर भेटौँ रुघाखोकी अनि ज्वरो आए |
छिटो गरी लिनु पर्छ डाक्टरको परामर्श
साथ दिऔं यसैगरी हामी नै बनि आदर्श|
- संयोग पनेरू
कक्षा : ७
बूढानीलकण्ठ स्कूल
नारायणस्थान, काठमाडौं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण